२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

कोल्हुवाको स्वास्थ्य चौकीमा ३० जनाको कोरोना परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टी

२०७८ जेष्ठ २४, सोमबार प्रकाशित ( साल अघि) १८६४ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिकाले निशुल्क एन्टिजेन माध्यमबाट कोभिड संक्रमण चेक गरेको छ ।

मध्यबिन्दु नगरपालिकाले नगरभित्रका बिभिन्न ठाउँमा अवस्थित ७ वटा स्वास्थ्य चाैकीबाट कोरोना संक्रमणको आशंकाभई अस्वस्थ महशुस गरेका नागरिकलाई कोभिड परिक्षण गर्दै आइरहेको हो ।

एन्टिजेन माध्यमबाट कोभिड परिक्षण गर्नेक्रममा आज सोमबार नवलपुर स्वास्थ्य चाैकी कोल्हुवामा अवस्थित मध्यबिन्दु नगरपालिका वडा नम्बर १ ,२ र ३ का नागरिकमा कोरोना परिक्षण गरिएको नगर स्वास्थ्य प्रमुख ख्याम बहादुर क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार उपस्थित ३० जनामा गरिएको परीक्षणमा ५ जनामा पोजेटिभ देखिएको हो ।

Received_2617415275225692

स्वास्थ्य चाैकीमा नागरिकहरुको उपस्थिति कम हुनाले पोजेटिभको मात्रा थोरै देखिएको हो यो आकडा अनुसार वडामा कोरोना संक्रमिको संख्या धेरै रहेको उहाँले अनुमान गर्नुभयो । यस ठाउँका नागरिकलाई सहज र सतर्क रही तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्न समेत क्षेत्रीले आग्रह गर्नुभयो ।

पोजेटिभ देखिएकाको नजिकका कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुलाई स्वास्थ्यकर्मीले फलोअप सहित समन्वय गर्ने उहाँको भनाई छ ।

त्यस्तैगरी भोलि मध्यबिन्दु नगरपालिका वाड नम्बर ४ स्थित नारायणी स्वास्थ्य चौकीमा निशुल्क एन्टिजेन माध्यमबाट कोभिड संक्रमण चेक गरिदै छ । सम्बन्धित सबैमा जानकारी समेत दिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%१७%

प्रतिक्रिया दिनुहोस