२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानी संस्थाले विपन्न समुदायको पहुँच बढाउन धारा जडानमा ४० प्रतिशत छूट

२०७८ जेष्ठ २७, बिहिबार प्रकाशित ( साल अघि) १४७४ पाठक संख्या

कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले भूमिहीन तथा आर्थिक अवस्था कमजोर भएका दलित र आदिवासी जनजातिहरुलाई खानेपानीको धारा जडानमा ४० प्रतिशत छूट दिएको छ।

विपन्न, भूमिहीन, दलित र असाहय जेष्ठ नागरिकलाई स्वच्छ खानेपानीमा पहुँच बढाउनुको साथै रकम अभावमा कोहि पनि पिउने पानीबाट बन्चित नहुन भन्ने उदेश्यले ४० प्रतिशत छूट दिइएको हो ।

खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको वैशाख ५ गते र १६ गते सम्पन्न बैठकले भूमिहिन तथा गरिबलाई धारा जडानमा ४० प्रतिशत छुट दिने निर्णय गरेको थियोे।

बैंठकले गरेको सो निर्णय जेठ २६ गतेबाट लागुभएको छ। सो निर्णय असार १५ गते सम्मका लागी मात्र हो। मध्यबिन्दु नगरपालिका वाड नम्बर १ ,२ र ३ मा बस्दै आएका भूमिनभएका ,आर्थिक अबस्था कमजोर भएका दलीत र आदिवासी जनजाती अन्तर्गत पर्ने ,कुमाल ,बोटे , माझी , मुसहर , थारु र असाहय जेष्ठ नागरिक, एकल महिलालाई धारा जडानमा करिब ४० प्रतिशत छुट दिने निर्णय भएको संस्थाका अध्यक्ष श्रीधर शर्माले सूचना मार्फत जानकारी दिनुभएको छ ।

उपभोक्ताहरुले खानेपानीको धारा जडानका लागि १६ हजार ५०० रूपैयाँ तिर्नुपर्छ । उल्लेखित समुदायका लागि ४० प्रतिशत छूट गरेर १० हजार रूपैयाँमा धारा जडान गर्ने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

त्यस्तै असाहय जेष्ठ नागरिक , विपन्न वर्गको घर परिवारमा सन्तानको नोकरी , वैदेशिक रोजगार नभएको हेरचाह गर्ने नभएको घरमुलिले प्रतिधारा ९ हजार मात्र तिर्दा हुने उहाँले बताउनुभयो ।

यस अघि इनार, चापगलबाट पानी पिउन बाध्य भएका यहाँ बासिन्दाहरुले चापगलबाट पानी पिउँदा दुषित पानी पिउनु परेको गुनासो गर्ने गर्दथे।

मध्यविन्दु नगरपालिका १, २ र ३ गरी ३ वटा वडालाई लक्षित गरी खानेपानी सञ्चालन गरिएको छ । सो उपभोक्ता संस्थाको हाल सम्म करीब १ हजार उपभोक्ता रहेका छन्।

हेर्नुहोस् धारा जडान शुल्कमा बिशेष छुट सुचना !!!

FB_IMG_1623272941683

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस