२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कोरोना नियन्त्रण तथा व्यवस्थापनमा मध्यविन्दु नगरपालिकामा ६० लाख बढी खर्च

२०७८ जेष्ठ २४, सोमबार प्रकाशित ( साल अघि) १२८५ पाठक संख्या

पवित्रा पराजुली

चोरमारा । कोरोना भाइरस कोभिड–९० नियन्त्रण तथा व्यवस्थापनका लागि नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाले चालु आर्थिक वर्षको यस अवधिमा ६० लाख बढी रकम खर्च गरेको छ ।

जेठ २३ गते सम्म कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनमा ६० लाख ६९ हजार तिन सय रुपौँया खर्च भएको नगरपालिकाका उपप्रमुख ओमकुमारी महतोले बताउनुभयो ।

दोस्रो लहर शुरु हुनुपूर्व र शुरु भएपछि गरी सो रकम खर्च भएको हो। दोस्रो लहर शुरु भएपछि मात्रै चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन निर्माण, स्वास्थ्य सामाग्री खरिद, अक्सीजन सिलिन्डर खरिद लगायतमा करिब ३० लाख रुपैया खर्च भएको नगरपालिकाका लेखा अधिकृत तथा सुचना अधिकारी सुमन राज रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार दोस्रो लहरको कोभिड १९ शुरु भएपछि सोको नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिकाले ३५ लाख रुपैया बजेटको व्यबस्थापन गरेको छ ।

नगर उपप्रमुख महतोका अनुसार कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि सोको नियन्त्रण तथा व्यवस्थापनका लागि बैंक वित्तीय सहकारी तथा लघुवित्तिय संस्थाबाट ६० हजार रुपैया सहयोग रकम प्राप्त भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस