२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

कोरोनाको दोस्रो लहर : मध्यबिन्दुका विद्यालय वैशाख १७ सम्म बन्द

२०७८ बैशाख १३, सोमबार प्रकाशित ( साल अघि) १४८७ पाठक संख्या

चोरमारा १३, वैशाख । कोभिड–१९ को नयाँ भेरियन्ट फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै मध्यबिन्दु नगरपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु चार दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

मध्यबिन्दु नगरपालिकामा सोमबार बसेको सरोकारवालाको बैठकले भोलि मंगलबार देखि लागू हुनेगरी वैशाख १७  गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

छिमेकी जिल्लामा कोरोना संक्रमण दर उच्चरुपमा बढेकाले सदरमुकाम तथा आसपासमा समेत फैलन सक्ने अवस्थालाई हेरेर नगरपालिका भित्रका नीजि तथा सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको मध्यबिन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

केहि दिन विद्यालय बन्द गरेर वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्ने निर्णय भएको हो । १७ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएपनि १८ गते मात्रै अवस्था हेरेर विद्यालय खुल्ने भएका छन् ।

नगर भित्रका बिद्यालयहरु बन्द गर्ने तथा बैकल्पिक बिधि अपनाई अध्यापन गराउने, हाट बजार अर्को सुचना नगर्दा सम्म बन्द गर्ने, सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढि यात्रु नहाल्ने र अनिवार्य मास्कको प्रयोग गर्न लगाउने, बिहे भोज जन्ती २५ भन्दा बढिको उपस्थिती नहुने नगराउने, रेस्टुरेन्ट बिहान ८ देखि साझ ८ सम्म मात्र सन्चालन गर्ने स्वास्थ्य कार्यलयमा आईसुलेसनको ब्यवस्था गर्ने भनी निर्णय भएको भनी नगर प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाद्धारा हस्ताक्षरित सूचनामा जनाईएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस