२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

किरियापुत्री अमृतकुमार श्रेष्ठद्वारा नगर सभापतिमा उम्मेदवारी घोषणा 

२०७८ आश्विन १०, आईतबार प्रकाशित ( साल अघि) १५१२ पाठक संख्या

कावासोती । नेपाली काङ्ग्रेसको कावासोती नगरपालिकाको सभापति पदमा आमाको शोकमा किरिया बसेका किरियापुत्री कावासोती–३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

शनिबार वीपी स्मृति भवन कावासोतीमा औपचारिक समारोह आयोजना गरेर श्रेष्ठले आफ्नो नेतृत्वमा पदाधिकारीको प्यानल घोषणा गरेका हुन ।

शनिबार घोषणा गरिएको प्यानलको सभापतिमा अमृत कुमार श्रेष्ठ, उपसभापतिमा जित बहादुर महतो र मुक्ति थापा पुलामी, सचिवमा लेखनाथ दवाडी र हरिवंश सुवेदी, सहसचिबमा पुष्पादेवी गुरौ र भिम बहादुर अधिकारी रहेका छन् ।

जिल्लामा महामन्त्री डाक्टर शशांक कोइराला र काङ्ग्रेस नेता विष्णुकुमार कार्की  निकट समुहमा रहेर श्रेष्ठले प्यानल सहितको उम्मेदवारी घोषणा गरेका हुन ।

यस अघि जिल्लाका काङ्ग्रेस नेता महेन्द्रध्वज जिसिको निकट रहेका शालिकराम ढकालले प्यानल सहित उम्मेदवारी घोषणा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%१%१%

प्रतिक्रिया दिनुहोस