२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोती र विनयीत्रिवेणीबाट १ लाख ५२ हजार सहित ८ जुवाडे पक्राउ

२०७८ आश्विन २४, आईतबार प्रकाशित ( साल अघि) १८५१ पाठक संख्या

नवलपुर  । पूर्वि नवलपरासीको कावासोती र विनयीत्रिवेणीबाट मोटो रकम सहित ८ जुवाडे पक्राउ परेका छन् । कावासोती नगरपालिका वडा नं. १३ बुढौलीकुना बस्ने माया गुरुङको घरको भित्री कोठामा जुवा खेलिरहेको अवस्थामा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं. ८ का ३६वर्षका मनोज गुरुङ, वडा नं. १३ का ४३ वर्षका धन बहादुर गुरुङ र वडा नं. ५ का ३० वर्षका राजकुमार सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी दिलिप कुमार गिरीका अनुसार उनिहरुबाट नगद १ लाख ५२ हजार ६२० रुपैया बरामद गरिएको छ । त्यसैगरी प्रहरीले जिल्लाको विनयीत्रिवेणी गाउँपालिका वडा नं. ४ जकाडी स्थित दिपक रेग्मीको घरमा दान बहादुर खन्गाहाले भाडामा लिई सञ्चालन गरेको नन्द भाउजु होटलको सटर कोठामा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३१ का दान बहादुर खन्गाहा, वडा नं. ४ का ५० वर्षका रामचन्द्र कुुवर, कावासोती नगरपालिका वडा नं. ६का ३९ वर्षका तिल बहादुर रावत, दाङ शान्तिनगर गाउँपालिका वडा नं. ३ का २९ वर्षका भुपेन्द्र वि क र धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. ७ का २६वर्षका नवराज सिलवाल रहेको प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले बताउनुु भयो ।

पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%२%६%२%

प्रतिक्रिया दिनुहोस