२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

कावासोती नापी कार्यालयमा थप ६ जना कर्मचारीमा कोरोना

२०७८ पौष ३०, शुक्रबार प्रकाशित ( साल अघि) ८९४ पाठक संख्या

कावासोती । यसअघि नै ९ जना कर्मचारीमा कोरोना संक्रमण भएको नापी कार्यालय कावासोतीमा शुक्रबार थप ६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि गरिएको परीक्षणमा ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार थप १२ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण भएको कार्यालयले जनाएको छ ।

नापी कार्यालयका सूचना अधिकृत भोला कोहारका अनुसार ३० कर्मचारीमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस