२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोती नगरपालिका भाद्र ६ गते सम्म लकडाउन

२०७७ श्रावण २९, बिहिबार प्रकाशित ( साल अघि) ७१५ पाठक संख्या

नवलपुर साउन २९ -: नवलपुरको कावासोती नगरपालिका क्षेत्रमा भाद्र ६ गते सम्म लकडाउन गर्ने निर्णय गरिएको छ । बिहिबार बसेको नगरकार्यपालिकाको बैंठकले सो निर्णय गरेको कार्यापालिका सदस्य एवम् वडा नम्बर ३ का वडा अध्यक्ष अमृत कुमार श्रेष्ठले जानकारी दिए ।

कावासोती नगरपालिका क्षेत्रमा कार्यरत एक पत्रकार र एक बैंकका कर्मचारमिा कोरोना संक्रमण पुष्टी भएपछि नगरकार्यपालिकाले संक्रमण फैलन नदिन यस्तो निर्णय गरेको उनले बताए ।

नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले टेलिफोनमा दिएको जानकारी अनुसार लकडाउन अबधीमा नगरक्षेत्र भित्र रहेका सबै सरकारी , अर्धसरकारी तथा गैरसरकारी सस्थाहरु बन्द हुनेछन् । त्यस्तै नगरभित्र संचालनमा रहेका बिभिन्न बैंक तथा बित्तिय सस्थाहरुको सेवा पनि भाद्र ६ गते सम्म बन्द रहनेछन् । तर डिजिटल बैकिङ्ग र एटियम सेवा भने यथावत् संचालनमा रहने उनले बताए ।

यसैगरि स्वास्थ्य सेवा र अन्य अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु , व्यवसायहरु समेत सो अबधीमा बन्द गर्न निर्देशन दिईएको मर्दनियाले बताए । कावासोतीमा समुदायस्तरमा कोरोना संक्रमित भेटिएपछि यस्तो निर्णय लिईएको र आबश्यकता अनुसार लकडाउनको स्वरुप परिवर्तन गर्न सकिने मर्दनियाले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस