२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीलाई बालमैत्री नगर बनाउने अभियान जारी

२०७९ मंसिर १८, आईतबार प्रकाशित ( साल अघि) ३५५ पाठक संख्या

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकालाई बालमैत्री घोषणा गर्नको लागि वार्ड वार्डमा बाल अधिकार एवं बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण जारी रहेको छ ।

वडास्तरिय बालक्लबका पदाधिकारीहरु र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम नगरपालिका भित्रका १७ वटै वडामा सञ्चालन गरिएको छ ।

कावासोतीमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम र कावासोती नगरपालिका सामाजिक बिकास शाखा र वार्ड कार्यलयको समन्वयमा कार्यक्रमहरु वार्ड वार्डमा जारी रहेको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वार्ड भित्रका बाल क्लबका पदाधिकारीहरुलाई अभिमुखिकरण सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

कावासोती नगरपालिकाले यो आर्थिक बर्षमा कम्तिमा पनि दुई वटा वार्डलाई बालमैत्री घोषणा गर्ने गरि वार्ड लक्षित कार्यहरु अगाडि वढाएको नगरप्रमुख विष्णु भुसालले वताउनु भयो । “वार्ड वार्डलाई हरेक हिसाबले नमुना गराउनको लागि सवै पक्षको समुचित बिकासमा ध्यान दिएको छ” नगर प्रमुख भुसालले भन्नु भयो “यसको लागि बालबालिकाहरुको रचनात्मक साथ र सहयोगको लागि समेत अनुरोध गर्दछु ।”

जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले वार्डलाई बालमैत्री र किशोरी मैत्री निर्माणमा पहल गर्ने बताउनु भयो । बालबालिकाले अधिकार सँगै कर्तव्य पालना गर्न समेत लाग्नु पर्नेमा शर्माले जोड दिनु भएको थियो । नेपाल सरकारले स्थानीय तह बालमैत्री निर्माणका लागी ५१ सुचक पुरा गर्नु पर्ने कार्यबिधि जारी गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस