२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा विद्यालयको गेट पल्टिएर च्यापिदा ३ कक्षामा पढने विद्यार्थीको मृत्यु

२०७७ फागुन ११, मंगलबार प्रकाशित ( साल अघि) ११७७ पाठक संख्या

 

कावासोती । नवलपुरमा स्कुलको गेट पल्टिएर च्यापिदा एक स्कुले बालिकाको मृत्यु भएको छ । अन्य १ जना घाइते भएका छन् ।

कावासोती नगरपालिका वडा नं ५ मा रहेको कालिका माध्यमिक विद्यालयमा खेल्ने क्रममा गेट पल्टिएर ३ कक्षामा अध्यनरत ९ वर्षीया छात्रा गमित्रा सिंजालीको घटना स्थलमै मृत्युु भएको हो ।

यस्तै घाइते हुनेमा सोही विद्यालयमा कक्षा ४ मा अध्यनरत १० वर्षीय किस्मत ढकाल सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

बिहान करिब १०:३० बजेको समयमा गेट पल्टिएर सो घटना भएको थियो । यति बेला घटना स्थलमा प्रहरी पुगेको छ ।

यस् घटनाको प्रारम्भिक मुचुल्का र अनुसन्धानको काम भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस