२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गर्‍यो

२०७७ चैत्र १५, आईतबार प्रकाशित ( साल अघि) १४३३ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा गए राती दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

कावासोती-१७ को भित्री सडकमा कोल्हुवा बाट गोछडा तर्फ आउदै गरेको ना ५ ख ५८५२ नंको बसमा सोही दिशा तर्फबाट आउदै गरेेेको लु ३८ प ६७९८ नंको मोटरसाइकल ठक्कर खाँदा मोटरसाईकलमा सवार कावासोती-१७ का २१ वर्षीय देवेन्द्र महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले बताए ।

त्यसै गरि मोटरसाइकलमा सवार सोही स्थानका  तेजनारायण महतो गम्भीर घाईते भएका डिएसपी गिरीले बताए ।

दुर्घटनामा गम्भीर घाईते दुवै जनालाई उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याईएकोमा देवेन्द्र महतोलाई राती नै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते अर्का युवक तेज नारायण महतोलाई थप उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको डिएसपी गिरीले बताए । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस