२०८२ बैशाख २६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा बढ्दो बलात्कार विरुद्ध युवतिहरुको प्रदर्सन

२०७७ कार्तिक १, शनिबार प्रकाशित ( साल अघि) १७१३ पाठक संख्या

कावासोती, १ कार्तिक । पछिल्लो समय नेपालमा बलात्कारका घटना बढिरहेकाले यसको न्यूनीकरणका लागि नवलपुर कावासोती को बि पि चोक बाट कावासोती नगरपालिका सम्म बिरोध प्रदर्शन गरिएको थियो। नवलपुरमा समेत पछिल्लो समय बलत्कारका घटना बढेकोले त्यसका विरुद्ध कावासोती नगरपालिका क्षेत्रका युवा युवतिहरु सडकमा प्रदर्शन गरेका हुन् ।

बि पि चोकमा भेला भएका ५० बढी युवा युवतीहरु आज शनिवार कालो कपडा लगाई टाउकोमा कालो पट्टी लगाएर बलात्कार बिरुद्ध प्रदर्शन एवम नगरपालिका भवन अगाडि दिप प्रजोलन कार्यक्रम गरिएको थियो।

बलात्कारीलाई हदै सम्मको कारबाहीको माग राख्दै ‘म असुरक्षित, म नारी’, ‘स्टप रेप’, ‘मेरो लूगा छोटो होइन, तिम्रो सोच छोटो’, ‘छोरीको इज्जत माथि खेलवाड नगर’, ‘सरकार बलात्कारीलाई सजाय देउ’, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरिएको छ ।

“सच्चा नागरिक मानवताको सम्मान बलात्कार बिरुद्ध हाम्रो अभियान” मुल नाराका साथ गर्ल्स फर चेन्ज (Girls For Change ) नामक सामाजिक संजाल को एउटा फेसबुक पेज का युवतीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयको हो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस