२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा तास खेलिरहेका ८ जना ४ लाख ३२ हजार नगदसहित पक्राउ

२०७८ जेष्ठ ३१, सोमबार प्रकाशित ( साल अघि) ३६३८ पाठक संख्या

कावासोती । नवलपुर प्रहरीले गएराति जुवातास खेलिरहेको अवस्थामा कावासोतीबाट ८ जनालाई पक्राउ गरेको छ ।

कावासोती नगरपालिका वडा नं. २ लोकतन्त्रचोक बस्ने रामजी पाण्डेको घरमा हार जित हुने गरी जुवातास खेलि रहेको अवस्थामा पाण्डे लगायत ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट ४ लाख ३२ हजार ६ सय ९५ रुपैयाँ नगद र तास ४ गड्डी  बरामद गरेको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तरगत अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%३%४%२%२%२%

प्रतिक्रिया दिनुहोस