२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा टोल स्तरी फुटबल प्रतियोगिता सुरु 

२०७९ आश्विन १७, सोमबार प्रकाशित ( साल अघि) ४५६ पाठक संख्या

कावासोती । कावासोती १० मगरकोटमा विजया दशमिको अवसर पारी टोल स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ ।

बिहानी युवा कल्बको आयोजना तथा कावासोती नगरपालिका वडा न १० को सह- योजनामा जनता माध्यमिक बिद्यालय मगरकोटको प्राङ्गणमा आज बाट सुरु भएको प्रतियोगितामा ८ समूह सहभागी भएको छ ।

त्यस्तै आज भएको उद्द्घाटनको पहिलो खेल शान्ती टोल र ठूलो टोल बिचको खेलमा ३(१ गोल अन्तरले शान्ती टोलले जित हासिल गरेको छ भने आजै हुने खेलहरुमा रतवल टोल र चित्रनगर टोल, बजार टोल र माथिल्लो टोल बिच दिनको ठिक तिन बजे हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई खसी उपहार राखिएको छ भने द्वितीय हुनेलाइ दुई वटा हास राखिएको क्लबका अध्यक्ष केशब सुनुवारले जानकारी दिनुभयो ।

प्रतियोगिता १८ गते सम्म चल्ने छ भने समापनको दिन महिला घैटो फुटाइ कार्यक्रम राखिएको क्लबले जनाएको छ । महिला घैटो फुटाइ कार्यक्रम मा जित्नेलाइ भाले हास उपहार राखिएको जनाइएको छ ।

प्रतियोगिताको लागि कावासोती वडा न १० बाट ४० हजार , नवलपुर कृषि फार्म बाट ७ हजार, टेक माइन्ड्स नेटवर्क बाट एक सेट जर्सी उपलब्ध गराइएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस