२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा जुवातास खेलिरहेका ५ जना पक्राउ

२०७८ पौष २८, बुधबार प्रकाशित ( साल अघि) ६०५ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा तास खेलिरहेका पाँच जनालाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

कावासोती नगरपालिका – १३ पिठौली स्थित डिल कुमारी गुरुङले संचालन गरेको खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३७ वर्षीय अजय लामा लगायत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २४ हजार ७ सय १५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कावासोती १३ का ३७ बर्षीय अजय लामा, ४४ बर्षीय नैनसिंह गुरुङ, ५० बर्षीय केयरसिंह थापा, ३१ बर्षीय राम ब।महतो र ३९ बर्षीय लालमणी महतो रहेका छन्।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तरगत अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस