२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतिको बिकट पहाडी क्षेत्रमा भएको निशुल्क आँखा शिबिरमा ९२ वर्षिय बृद्दासहित १ सय ५० बढी लाभान्वित

२०७५ मंसिर २८, शुक्रबार प्रकाशित ( साल अघि) ११२७ पाठक संख्या

बिजय चालिसे                               

मङ्सिर, २८, कावासोती । नवलपुरको बिकट पहाडी क्षेत्रमा भएको निशुल्क आँखा शिबिरमा १ सय ५० बढिले सेवा लिएका छन । कावासोती नगरपालिकाको वडा नम्बर १ मा पर्ने बिकट पहाडी क्षेत्र बालुवाडाडामा भएको निशुल्क स्वास्थ्य शिबिरमा १ सय ५५ जनाले  स्वास्थ्य जाँच गराएको रेडियो सामर्थ्य एफएमका अध्यक्ष भरत शर्मा पोखरेलले जानकारी दिनुभयो ।

रेडियो सामर्थ्य एफएमको आयोजना, मध्यबिन्दु आँखा उपचार केन्द्र कावासोतिको प्राबिधिक सहयोग र ग्लोबल आईएमी बैंकको शाखारहित बैन्किङ्ग सेवा कावासोति ४ को आर्थिक सहयोगमा संचालन गरिएको शिबिरमा स्वतस्फूर्त रुपमा आँखा बिरामिहरुको सहभागिता रहेको थियो  । रेडियोले सामाजिक उत्तर दायित्व अन्तरगतको कार्यक्रम अनुशार निशुल्क शिबिरको आयोजना गरेको प्रबन्ध निर्देशक सागर पोखरेलले बताउनुभयो । गरिब एवं बिपन्न नागरिकहरुका लागि आयोजना गरिएको निशुल्क शिबिरमा सहयोग गर्नु आफुहरुको कर्तव्य भएको मध्यबिन्दु आँखा उपचार केन्द्रका नेत्र अधिकृत प्रदिप कुमार भट्टराईको भनाई छ ।

बालुवाडाडामा भएको शिबिरमा स्थानिय ९२ वर्षिय मनसरा पुलामिसहित कावासोती नगरपालिका, हुप्सेकोट गाउपालिका र देबचुली नगरपालिकाका विभिन्न ठाउबाट सर्बसाधारणको सहभागिता रहेको थियो । कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाको प्रमुख आतिथ्यतामा भएको शिबिरमा वडा अध्यक्ष नारायण प्रसाद पन्त, वडा सदस्य माधब भन्डारी, मन बहादुर ठाडा, महिला सदस्य मिना गुरुङ, उधोग बाणिज्य सङ्घ नवलपुरका नि बर्तमान अध्यक्ष ओम प्रसाद पौडेल, जलदेबी युबा क्लबका अध्यक्ष पृथ्वी सुनारी, बालुवाडाडा टोल सुधार समितिका अध्यक्ष पदम बहादुर सारु, जलदेबी आधारभुत बिद्यालयका प्रधानाध्यापक सुमित्रा भुसाल, रण अम्बिका साह आँखा अस्पताल भैरहवाका नेत्र अधिकृत नारायण सिङ्ग, स्थानिय युवा समाजसेवी रिम बहादुर सुनारिलगाएतको सहभागिता रहेको थियो ।

शिबिरमा सहभागी नव बिहानी युवा क्लब हात्तिखोरका अध्यक्ष राज कुमार श्रेष्ठले आँखा जाचका क्रममा समस्या परेकी जलदेबि बिद्यालयमा कक्षा ३ मा अद्यययनरत स्मृती रानासहित ५ जना बिरामिलाई निशुल्क चस्मा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस