२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

कामना सेवा विकास बैंकको शाखा नवलपुरको देवचुली र कावासोतीमा पनि

२०७८ मंसिर १४, मंगलबार प्रकाशित ( साल अघि) ७८५ पाठक संख्या

कावासोती । कामना सेवा विकास बैंक लिमिटेडले पश्चिम क्षेत्रलाई लक्षित गर्दै एकैपटक दुई वटा शाखा कार्यालय विस्तार गरेको छ ।

बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं। १५ प्रगतिनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डामा एकै दिन दुई शाखा कार्यालयहरु उद्घाटन गरेको हो ।

सेवाग्राही ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यी दुई स्थानमा अत्याधुनिक सुविधा सम्पन्न कार्यालय खोलेको बैंकले जनाएको छ । यसले बैंकिङ सेवामा अझ सहज र छरितोपन आउनेमा आफुहरु विश्वस्त रहेको बैंकले बताएको छ ।

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङका साथै एसएमएस बैंकिङ लगायत विविध डिजिटल माध्यमहरुबाट सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटीएम मार्फत सेवा प्रवाह गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस