२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

कांग्रेस गण्डकीमा दुइटा प्यानलबाट मात्र उम्मेदवारी, कुन पदमा कसको दाबी ?

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित ( साल अघि) १२५९ पाठक संख्या

पोखरा । नेपाली कांग्रेस गण्डकी कार्यसमितिका लागि शुक्रबार मनोनयन दर्ता भएको छ।

सभापति शेरबहादुर देउवा पक्षबाट अर्जुन जोशी र बरिष्ठ नेता रामचन्द्र पौडेलका तर्फबाट शुक्रराज शर्माले प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका छन्।

उनीहरूले सदस्यसम्म नै प्यानल बनाएर उम्मेदवारी दिएका हुन्।

प्रदेश उपसभापतिमा जोशी प्यानलबाट मेखलाल श्रेष्ठ र नेत्र महत उम्मेदवार बनेका छन् भने शर्मा प्यानलबाट कल्पना तिवारी र हरिकुमार श्रेष्ठ उम्मेदवार छन्।

यस्तै, महामन्त्रीमा जोशी प्यानलबाट कुमार खड्का र ईश्वर पाण्डेले उम्मेदवारी दिएका छन् भने शर्मा प्यानलबाट विष्णु लामिछाने र किरणबाबु श्रेष्ठ उम्मेदवार छन्।

कांग्रेसले प्रदेशमा पनि सभापति १ जना, उपसभापति, २ जना, महामन्त्री २ जना र १ जना महिलासहित सहमहामन्त्री ३ जना हुने व्यवस्था गरेको छ।

प्रदेश पदाधिकारीका यी सबै पदमा स्पष्ट दुइटा प्यानलबाट मात्र उम्मेदवारी परेका छन्।

सहमहामन्त्रीमा जोशी प्यानलबाट राजनराज पन्त र झुलबहादुर आले उम्मेदवार छन् भने शर्मा प्यानलबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डे उम्मेदवार छन्।

महिला सहमहामन्त्रीमा जोशी प्यालनबाट ओमकला गौतम र शर्मा प्यानलबाट कोपिला रानाभाटले उम्मेदवारी दिएका छन्।

गण्डकी कार्यसमितिमा ६० जना सदस्यका लागि १३२ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जानकारी दिएको छ।

गण्डकी प्रदेश समितिका निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान ८ बजेदेखि मतदान थालिने जनाएको छ।

गण्डकीका ११ जिल्लाबाट पालिका सभापतिदेखि प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी ११ सय बढीले मतदान गर्न पाउनेछन्।#सेतोपाटी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस