२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

२०७८ पौष १, बिहिबार प्रकाशित ( साल अघि) ११३० पाठक संख्या

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् ।

खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा धेरै मत पाएर विजयी भएका छन् । अन्तिम मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी नै छ । धनराज गुरुङले विजयकुमार गच्छदारलाई झिनो मतअन्तरले पराजित गरेको जानकारी प्राप्त भएको छ ।

खड्का निवर्तमान महामन्त्री हुन् । गुरुङ केन्द्रीय सदस्य थिए । खड्का देउवा प्यानलबाट जितेका हुन् । खड्का पटक-पटक मन्त्री भएका देउवाका निकट सहयोगी नेता हुन् । गुरुङ नेविसंघबाट राजनीतिमा उदायका व्यक्ति हुन् ।

गत सोमबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् भने महामन्त्री पदको मतगणना बिहीबार बिहान हुने निर्वाचन समितिले जनाएको छ । यसपटक कांग्रेसले १३४ पदमा निर्वाचन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस