२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कांग्रेसको अधिवेशन असोज ११ गते, मध्यविन्दुमा हाम्रो प्यानलले चुनाव जित्छ – तिलक न्यौपाने  

२०७८ आश्विन ९, शनिबार प्रकाशित ( साल अघि) २१८२ पाठक संख्या

चोरमारा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत आगामी असोज ११ गते नै नगर तथा गाउँ अधिवेशन हुने भएको छ ।

नवलपुरमा यतिबेला नगर तथा गाउँको अधिवेशन आउदो सोमबार नै हुनेभएपछी उमेद्धारहरु तिब्ररुपमा भोट मागीरहेका छन् ।

यसै क्रममा नेपालको केन्द्रबिन्दु मानीने मध्यबिन्दु नगरको अधिवेशनलाई जिल्लामा सबैले प्राथमीकताको साथ हेरेका छन् ।

नेपाली कांग्रेसका नेता बिष्णु कुमार कार्कीको क्षेत्रमा कांग्रेस अधिवेशनलाई महत्वका साथ लिईएको छ । यस् क्षेत्रमा कार्की प्यानलको पकड रहेको एक निर्वाचित क्षेत्रीय प्रतिनिधीले बताएका छन् ।

उनका अनुसार प्रायः सबै वडामा कार्की प्यानलकै नेतृत्व रहेको छ । जस अन्र्तगत मध्यविन्दु नगरमा पनी प्यानल नै आउने निश्चीत रहेको मध्यविन्दु नगरका सचिव पदका उमेद्धार तिलक न्यौपानेले बताएका छन् ।

मध्यविन्दुमा हाम्रो प्यानलले चुनाव जित्छ – नगरका सचिव पदका उमेद्धार तिलक न्यौपाने

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत हुन गईरहेको म्ध्यविन्दु नगरको अधिवेशनमा दोमन भण्डारीको प्यानलले चुनाव जित्ने निश्चित भएको सचिव पदका उमेद्धार तिलक न्यौपानेले बताएका छन् ।

प्रायः सबै वडाहरुमा आफुहरु अभियानका रुपमा पुगिसकेको बताउदै न्यौपानेले चुनावमा केही भोटहरु मात्र कुलबहादुर गुरुङको टिममा जाने तर, भारी मतले आफुहरुको प्यानलले चुनाव जित्ने निश्चित रहेको बताएका हुन् ।

संगठनमा काम गर्दै आएको युवाहरुसहितको समावेशी प्यानल भएको बताउदै न्यौपानेले लोकतान्त्रिक ब्यालेटको लडाई लड्ने अधिकार सबैमा भएको बताउदै आगामी दीनमा पाटीको काममा एक ढिक्का भएर लाग्ने समेत बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%५%१३%१%

प्रतिक्रिया दिनुहोस