२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

काँग्रेस पदाधिकारीमा उम्मेदवारी दिने उद्योगपति चौधरीको तयारी

२०७८ श्रावण १, शुक्रबार प्रकाशित ( साल अघि) १०५४ पाठक संख्या

नवलपुर, साउन १–

उद्योगपति एवं सांसद विनोद चौधरीले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने गरि तयारी थालेका छन् । तयारी रुवरुप चौधरीले नवलपुर जिल्लामा आफ्नो सक्रियता बढाएका छन् ।

चौधरी निकट स्रोतका अनुसार नेपाली काँग्रेसको पदाधिकारीमा उम्मेदवारी दिने चौधरीको तयारी छ । ‘चौधरीज्युले पदाधिकारीमा जाने इच्छा देखाउनुभएको छ, कुन पदमा लड्ने भन्ने कुरा छलफलकै क्रममा छ, त्यसका लागि पार्टीका नेताहरु, जिल्लाका नेता कार्यकर्ताहरुसंग संवाद चलिरहेको छ ।’ चौधरी निकट स्रोतले भन्यो । केहिदिन अघि नवलपुर आएर चौधरीले जिल्लाका नेता कार्यकर्ताहरुसंग संवाद सुरु गरेका थिए । हर्कपुरमा रहेको चौधरीको उन्नती कल्चरल भिलेज रिसोर्टमा उनले जिल्लाका ३ दर्जन भन्दा बढी नेता कार्यकतासंग छलफल गरेका थिए । छलफलको क्रममा चौधरीले आफूले पार्टी सभापती शेरबहादुर देउवा र महामन्त्री डा.शशांक कोईरालासंग यस बारेमा छलफल गरेको बताएका थिए । उनले सभापति र महामन्त्रीलाई सहमतीका साथ अघि बढ्न आफूले आग्रह गरेको बताएका थिए ।

नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सांसद बनेका चौधरीले पछिल्लो समय राजनीतिक सक्रियता बढाएका छन् । काँग्रेस पदाधिकारीमा निर्वाचन लड्न महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने हुन्छ । नवलपुरको क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने चौधरीको तयारी छ । महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने तयारी स्वरुप उनले जिल्लाका नेता कार्यकर्ताहरु संग सम्पर्क बढाएका हुन् ।
नेपाली काँग्रेस नवलपुरका सभापति बिष्णु प्रसाद लामिछानेले चौधरीको जिल्लामा सक्रियता बढ्नु् सकारात्मक कुरा भएको बताए । उनले चौधरीको सक्रियताले नवलपुर काँग्रेसमा हौसला बढेको भन्दै जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । लामिछानेले भने, ‘पार्टी महाधिवेशन लड्न पाउनु उहाँको अधिकारको कुरा हो, कुन पदमा लड्ने कसरी जाने भन्ने बारेमा छलफल चल्नुलाई अन्यथा मान्नु हुँदैन । जिल्लामा काँग्रेस थप मजबुत र चलायमन बनाउन उहाँको राजनीतिक सक्रियता आवश्यक छ ।’

नेपाली काँग्रेस नवलपुर संघीय क्षेत्र नम्बर १ का सभापति द्रोण वन सन्यासीले पनि चौधरी जस्तो उचाई भएका व्यक्ति जिल्लाबाट प्रतिनिधत्व गर्छु भन्ने कुरा सकारात्मक रहेको बताए । उनले भने, ‘मैले त यसलाई सकारात्मक रुपमै हेरेको छु, जिल्लाको अवस्था, पार्टीको अवस्थालगायतका बारेमा उहाँ झन् बढी जानकार हुनुहुन्छ, यसले कसैलाई पनि हानी गर्दैन ।’

नेपाली काँग्रेस नवलपुरका नेता एवं कावासोती नगरपालिकाका मेयरका प्रत्यासी महेन्द्र पोखरेलले चौधरीको आवगमनलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । उनले भने, ‘विनोद चौधरी जत्तिको मान्छे आउँछु भन्दा रोक्न आवश्यक देख्दिन, तर चौधरीले पार्टीका सवै अवयवहरुलाई सन्तुलनमा राख्न चाहिँ आवश्यक हुन्छ ।’ उनले काँग्रेस महामन्त्री डा शशांक कोइरालासंग समझदारी कायम गरेर आउन पनि चौधरीलाई सुझाव दिए ।

नेपाली काँग्रेस नवलपुरका नेता एवं मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले चौधरीको सक्रियतालाइृ आफूले सकारात्मक रुपमा लिएको बताए । नेपाली काँग्रेसको महाधिवेशन भदौमा हुँदैछ । काँग्रेसमा केन्द्रीय समितिमा प्रतिनिधित्व गर्न तल्लो तहबाटनै निर्वाचित भएर जानु पर्ने व्यवस्था छ । चौधरी सांसद भएका कारण उनलाई वडाबाट निर्वाचित हुनुपर्देन तर महाधिवेशन प्रतिनिधिमा उनी निर्वाचित भएर नै जानु पर्ने हुन्छ । चौधरी नवलपुर १ को मतदाता हुन् । नवलपुर १ बाट लगातार तीन पटकसम्म कांग्रेस महामन्त्री शशांक कोइराला निर्वाचित भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस