२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

काँग्रेसका नेता बिष्णु कार्कीद्वारा १ लाख ९१ हजार आर्थिक सहयोग

२०७७ चैत्र १०, मंगलबार प्रकाशित ( साल अघि) १२९३ पाठक संख्या

कावासोती १० चैत । नेपाली काङ्ग्रेस नवलपुरको महासमिती सदस्य एवम् समाजसेवी व्यक्तित्व बिष्णु कुमार कार्कीले स्वर्गीय परिवार र अशक्त परिवारलाई १ लाख ९१ हजार आर्थिक सयोग हस्तान्तरण गर्नु भएकोे छ।

कावासोती नगरपालिका वाड न: १५ निवास स्वर्गिय नर बहादुर चौधरिको परिवारलाई १ लाख २५ हजार सहयोग गर्नु भएको हो ।

त्यस्तै कावासोती – १५ निवास सुर्य महतोको आफ्नै छोरा मोटरसाईक दुर्घटनामा परी अपाङ्ग अवस्थामा रहनु भएका २२ वर्षीय छोरा जालिम महतोको परिवारलाई ५१ हजार आर्थिक सहयोग गर्नुभएको हो ।

त्यस्तै अर्का सोही वडाका दया निधी पान्डेको श्रीमती प्यारालाइसिस भैई अपाङ्ग अवस्थामा रहनुभयकी विष्णु माया पान्डेको घर परिवारलाई १५ हजार आर्थिक सहयोग गर्नुभएको छ ।

विगतका दिनहरुमा झै निरन्तरता रुपमा सहयोग गरेको र मेरो सानो सहयोगले उहाँहरुलाई ठुलो मद्दत गर्ने अपेक्षा लिएको कार्कीले बताउनु भयो ।

बिगतका दिनहरुमा पनि बिभिन्न अवसर पारेर यस्ता सामाजिक कृयाकलापमा उहाँ सम्लग्न हुनुहुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस