२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

एसपी रजौरे र डिएसपी शर्मा कर्णाली प्रदेशकै उत्कृष्ट प्रहरी

२०७५ पौष १, आईतबार प्रकाशित ( साल अघि) १२११ पाठक संख्या


आइतबार, ०१ पुष- कर्णाली प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गरेको भन्दै एसपी वसन्त रजौर र डिएसपी विनोद शर्मा पुरुस्कृत भएका छन। चुनौतीहरुलाई सामाना गरेर जिल्लामा शान्ति सुरक्षा स्थापनामा उत्कृष्ट काम गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रजौरे र जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख शर्मालाई उत्कृष्ट प्रहरी पुरस्कार दिएको हो। पुरस्कार प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले हस्तान्तरण गरेका थिए। 


जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुखको रुपमा एसपी रजौरेले शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणका लागि जनताको भावना र अपेच्छा अनुसार सेवा प्रवाह गर्न  बिभिन्न स्थानहरुमा अन्तरक्रिया कार्यक्रम र शान्ति-सुरक्षा सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरेर जनताको चेतनको स्तर बढाउन विभिन्न कार्यक्रम सुरु गरेका छन्। जसको सकारात्मक प्रभाव परिरहेको प्रदेश प्रहरी कार्यालयको मूल्यांकन छ। 


त्यस्तै, कालिकोट प्रहरी प्रमुख शर्माले पनि विभिन्न सुरुवात गरेका छन्। उनको कार्यकालमा सेवाग्राहीको काम १० मिनेटभित्र गर्ने, कर्णालीका ५ जिल्लामै पहिलोपटक कालिकोट सदरमुकाम मान्मा बजारमा सीसी क्यामेरा जडान, महिला, दलित र बालबालिका सम्बन्धी घटनालाई कारबाहीका लागि पहिलो प्राथमिकता, सदरमुकामको प्रतिमा चौक, जिल्ला समन्वय समितिको खुलामञ्च, पिपल चौतारी लगायतका सार्वजनिक स्थानहरु रङ्गरोगन, बजार सरसफाई, सूचनामैत्री प्रहरी कार्यालय लगायतका कामको सुरुवात भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस