२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

एसईईकाे नतिजा मंगलबारभित्र

२०७७ श्रावण ३२, आईतबार प्रकाशित ( साल अघि) ८५० पाठक संख्या

ईश्वरराज ढकाल,साउन ३२,नवलपुर  । 

राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले भोली वा पर्सिभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी गरिरहेको छ ।

अन्तिम तयारी गरिरहेका छौ, मंगलबारभित्र गरिसक्नेछौ–स्रोतले न्युज अफ नेपाललाई भन्यो । बोर्डले सबै कर्मचारी र सदस्यलाई आइताबारको लागि तयारी हुन आग्रह गरेको छ–स्रोतले भन्यो । बोर्डले परीक्षाफल प्रकाशित गर्नुअघि सहमतिको लागि सिसिएमसि मार्फत मन्त्रीपरिषद्मा प्रस्ताव पठाएको थियो । मन्त्री परिषदको बैठकले साधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालय (एसइई) ले परीक्षाफल तयार गरी बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेल र सदस्य सचिव दुर्गा अर्याललाई जानकारी गराएको थियो । बोर्डका अध्यक्ष पौडेलले तयारी अवस्थामा रहेकोले कहिले हुन्छ भनने विषयमा भन्न नसकिने बताउनुभयो । उच्चस्रोतका अनुसार मंगलबार भित्र परीक्षाफल प्रकाशित भैसक्नेछ ।

विद्यालयले प्रमाणित गरी पठाएको विवरण शिक्षा विकास तथा समन्वय इकाईले तयारी गरी पनिकामा पठाएको थियो । पनिकाले अंकलाई अक्षरांङक प्रणालीमा तयार गरेको छ । योवर्ष विद्यालयले गरेको अन्तिम मुल्याङकको आधारमा परीक्षाफल प्रकाशित हुनेछ । यो वर्ष ४ लाख ८५ हजार परीक्षार्थीले परीक्षा दिएका छन् ।

रोकथाम तथा ब्यवस्थापन समिति (सिसिएमसि) ले निर्देशन दिएपछि मात्रै एसईई परीक्षाको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थयो । बोर्डले केही गल्ती सच्याउनुपर्ने भएकोले ढिलो भएको जनाएतापनि मुख्य विषय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन कुरेर बसेको थियो मन्त्रालयले समेत स्वीकृत दिएपछि परीक्षाफल प्रकाशित गर्न लागेको हो ।

तत्काल परीक्षाफल प्रकाशित गर्दा निजी विद्यालयले भर्ना खुला गर्ने र विद्यालयमा भीडहुने देखिएपछि बोर्डले तालुकदार अड्डा मन्त्रालय र मन्त्रालयले सिसिएमसिसंग सल्लाह लिएको थियो । बोर्डले सल्लाह अनुसार परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी
तत्काल परीक्षा अफ कोरोना संक्रमणको संख्या बढेसंगै यो वर्ष एसईईको बोर्डले साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो ।

सरकारले यो वर्षको एसईई विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मुल्याङकन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई ईकाईले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस