२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

एमाले पालिका अधिवेशन: नवलपुरका चार पालिकामा सर्वसम्मत

२०७८ कार्तिक १०, बुधबार प्रकाशित ( साल अघि) १९५६ पाठक संख्या

कावासोती । नेकपा एमालेको पालिकाअधिवेशन अन्र्तगत नवलपुरमा चार  पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । दुई पालिकाको आज नयाँ नेतृत्व चयन हुने छ । कावासोती र देवचुलीमा मङ्गलबारनै उम्मेदवारी दर्ता भएकाले आज नेतृत्व चयन हुने सम्भावना रहेको छ । दुवै पालिकामा सहमतिको प्रयासबाट नेतृत्व चयन गर्न जिल्ला तहका नेता लागि परेका छन् ।

देवचुलीमा अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ । कावासोतीमा समेत अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा ५, सचिवमा ५ र उप सचिवमा १० जनाको उम्मेद्वारी परेको छ ।   विनयी त्रिवेणी र गैँडाकोटको भने पालिका अधिवेशन नै शुरु भएको छैन् ।

Received_1051317182290098

जिल्लाको मध्यविन्दु नगरपालिकामा मधुविलास अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।  उपाध्यक्षमा झिनक राम महतो, सचिवमा केवल बहादुर पाल्पाली ,उप सचिवमा मुकुन्द जिसी, देबीराम आले चयन हुनु भएको छ ।

हुप्सेकोट गाउँपालिकामा चेतन राना मगरको अध्यक्षतामा ७५ सदस्य गाउँ कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा लाल बहादुर शेरपुजा ,सचिवमा मदन थापा , उप सचिवमा जीवन लम्साल र कविता विक चयन हुनुभएको छ ।

Received_377108484096689

बुलिङटार गाउँ कमिटीमा मानवीर पुलामीको अध्यक्षतामा ६५ सदस्यीय कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा टंक प्रसाद आले, सचिवमा लालबहादुर नेपाली, उप सचिवमा पि।गिरी र दिल कुमारी मगर चयन हुनु भएको छ ।

बौदिकाली गाउँपालिका अन्र्तगत गाउँ कमिटि अध्यक्षमा प्रकास ओझा चयन हुनु भएको छ । उपाध्यक्षमा मन बहादुर ठाडा, सचिवमा शिव बहादुर खड्का , उप सचिवमा पदम बहादुर पुलामी र बेल बहादुर राना सर्व सम्मत रुपमा चयन हुनु भएको हो ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका र गैंडाकोट नगरपालिकाका केही वडाहरुको वडा अधिवेशन सम्पन्न नभएको कारण अधिवेशन स्थगित भएको छ । वडा तहको निर्वाचन सम्पन्न भएपछि पालिका अधिवेशन हुनेछ । केही दिन भित्रै दुवै पालिकाको अधिवेशन हुने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%१%

प्रतिक्रिया दिनुहोस