२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

एमालेका गाहा दोस्रो पटक प्रदेशसभामा

२०७९ मंसिर ८, बिहिबार प्रकाशित ( साल अघि) ५४७ पाठक संख्या

कावासोती । नेकपा एमालेका नेता रोशनबहादुर गाहा गण्डकी प्रदेशसभामा निर्वाचित भएका छन् ।

उनी पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १९२० बाट दोस्रो पटक निर्वाचित भएका हुन् । गाहाले १७ हजार आठ सय २३ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार  नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल ले १४ हजार एक सय १० मत प्राप्त गरेका छन् ।

पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं १(२)मा ६७ हजार छ सय ४६ मतदाता रहेका थिए भने  जम्मा खसेको मत ४५ हजार एक सय २९ रहेको थियो ।

यसअघि जिल्लाको क्षेत्र नं २ को दुवै प्रदेशसभामा क्रमशः एमालेका पदमा जिसी र लक्ष्मणबहादुर पाण्डे निर्वाचित भइसकेका छन् भने प्रदेशसभा १ को १ मा  कांग्रेसका महेन्द्रध्वज जिसी विजयी भएका छन् । प्रतिनिधिसभातर्फ दुवै निर्वाचन क्षेत्रको मतगणना जारी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस