२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

आज थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म १०४ को मृत्यु

२०७७ श्रावण ३२, आईतबार प्रकाशित ( साल अघि) १००४ पाठक संख्या

साउन ३२,नवलपुर  ।  

नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका १ जना पुरुष र मोरङकी एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ४ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल ९ हजार २ सय २१ जना सक्रिय संक्रमित रहेका छन् । भने हालसम्म संक्रमितमध्ये ६५ पतिशत कोरोना मुक्त भइ घर फर्किएका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा थप १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय २६ जना, ललितपुरमा ३८ जना र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस