२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

आजको मौसम

२०७७ चैत्र २, सोमबार प्रकाशित ( साल अघि) २१९० पाठक संख्या

नवलपुर, चैत २  ।

अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम हाललाई सफा छ ।

अहिले देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज दिनभर कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस