२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

अनेरास्ववियु नवलपुरको जिल्ला अधिवेशन आगामी भदौ १० र ११ गते कावासोतीमा

२०७७ चैत्र ७, शनिबार प्रकाशित ( साल अघि) ११३५ पाठक संख्या

कावासोती । नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियु नवलपुरको जिल्ला अधिवेशन आगामी भदौ १० र ११ गते कावासोतीमा हुने भएको छ ।

संगठनको चैत्र १ मा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला कमिटीको जिम्मेवारी हेरफेर गर्दै जिल्ला अधिवेशनको निर्णय गरिएको संगठनका जिल्ला संयोजक ठाकुर पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

त्यसै गरि पराजुलीको संयोजकत्वमा ४१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको विज्ञप्तिमा जनाईएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ॠषि कट्टेलको नाममा रहेको पार्टीलाई आधिकारिकता दिने निर्णय गरे संगै नेकपा एमालेले साविकको अवस्थामा आए सँगै एमालेमा पनि नेपाल समुह र ओलि समुहमा द्वन्द चर्किएको छ ।

यसै बिच नवलपुरमा अनेरास्ववियुका छुट्टाछुट्टै दुई वटा जिल्ला समिति रहेको दुबै समुहको दाबी रहेको छ । भदौमा अधिवेशन घोषणा गर्ने समूह माधव नेपाल  निकटको समूह भए पनि आफुहरु नै जिल्लामा आधिकारिक रूपमा एमालेको अनेरास्ववियु रहेको दाबी संयोजक पराजुलीले गरेका छ्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस