२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

अटो र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते

२०७९ अषाढ १५, बुधबार प्रकाशित ( साल अघि) ६२० पाठक संख्या

बैतडीको डिलाशैनी गाउँपालिका ६को बांगाबगरमा अटोरिक्सा र मोटरसाइकल ठोक्किदा पाँच जना घाइते भएका छन् । सु प प्र ०२००३प ९३६७ नम्बरको मोटरसाइकलल र सु।प।प्र।०१ ००१ह ४९६७ नम्बरको अटो रिक्सा ठोक्किएको हो ।

दुर्घटनामा घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका १ किम्तडीका ५० वर्षीय खुईले भूल, डिलाशैनी  ६ का मोटरसाइकल चालक ३५ बर्षीय भरत माल तथा सोही ठाउँका अटो चालक ४० बर्षीय मनोरथ नाथ रहेका छन् ।

यसैगरी, दार्चुलाको लेकम  १ सिजालीका ३२ बर्षीय मानसिंह कार्की र उनकै ३० बर्षीय श्रीमती भागरथी कार्की रहेका छन् ।

घाइते सबै जनाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्र दार्चुलामा उपचार भैरहेको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । घाइते ३ जनाको हात, खुट्टा र पेटमा गम्भीर चोट रहेको छ ।

मोटरसाईकल गोकुलेश्वर बजार बाट पञ्ज्युनया तर्फ गइरहेको अटोलाई विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकलले ठक्कर दिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस